सिंहदरबार वैद्यखाना धरासायी बन्नुको कारण विकास समिति | Khabarhub Khabarhub

सिंहदरबार वैद्यखाना धरासायी बन्नुको कारण विकास समिति


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिगत ६/७ महिनादेखि बोर्ड बिहीन अवस्थामा रहेको सिंहदरबार वैद्यखानाको अवस्थामा अझै सुधार हुन सकेको छैन। केही कर्मचारी भए पनि काम केही हुन नसकेको कार्यकारी निर्देशक प्रदीप केसीको भनाइ छ।

औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थका लागि सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने हुन्छ। यसमा आधिकारिक रुपमा बोलपत्र टेण्डर मागिएको २/३ वर्ष भइसकेको छ। पुरानो बोलपत्रमार्फत टेण्डर खोल्न नमिल्ने अवस्था छ।

त्यस्तै अहिले विकास समिति पनि नभएको अवस्थामा औषधी उत्पादन गर्न सकिरहेको अवस्था नरहेको उनले बताए। विगत २/३ वर्षदेखि विकास समितिहरु खारेज हुने, कार्यालय प्रमुखको झगडा, स्थायित्वको अभाव लगायतका समस्याको प्रत्यक्ष असर औषधी उत्पादनमा परिरहेको उनको भनाइ छ।

समस्या समाधान गरेर अगाडि बढ्ने हो भने सिंहदरबार वैद्यखाना पहिलेकै गतिमा आउन सक्ने उनले बताए। अहिले तत्काल सार्वजनिक खरिद ऐन अनुसार सोझो खरिदमार्फत कार्यालय प्रमुखलाई १० लाख बजेट बराबरको खरिद गर्ने छुट छ। सोही अनुसार च्यवनपरास उत्पादन भइरहेको उनले बताए। अन्य औषधी चाहेर पनि उत्पादन गर्न नसकिएको उनको भनाइ छ। ऐतिहासिक धरोहर बोकेका कुनै पनि संस्थालाई सरकारले प्राथमितामै पारेको छैन। त्यसभित्र वैद्यखाना पनि परेको उनले बताए।

सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसी ।

उत्पादनमुखी संस्थाको नीतिमै समस्या रहेको उनको भनाइ छ। नीतिमा यो चार सय वर्ष पुरानो संस्था भनिएको छ। तर पनि स्थायी कर्मचारी एउटा पनि छैनन्।। विकास समितिका कर्मचारीबाहेक आवश्यक जनशक्तिको दरबन्दी नै छैन।

स्थायी प्रकृतिका कर्मचारीको दरबन्दी नभएकै कारण वैद्यखाना टाट पल्टिएको उनको बुझाइ छ। ‘सरकारले चाहेमा यसलाई पुर्नजीवन दिनसक्छ। तर यसमा सरकारको चासो एकदमै कम परेको छ’, उनले भने।

वैद्यखानालाई अगाडि बढाउन विकास समिति आवश्यक नहुने सरकारले चाहेमा आफै पनि केही गर्न सक्ने अवस्था अझैसम्म रहेको उनले बताए। ‘विकास समिति एउटा राजनीतिकरण हो। नेपालमा विकास समितिले कुनै पनि संस्था राम्रो भएको इतिहास नै छैन। विकास समिति भनेको भर्ती केन्द्र मात्रै हो’, उनले भने यसको स्थायित्वका लागि आवश्यक दरबन्दी हुुनुपर्नेमा उपाध्यायको जोड छ।

‘विकास समिति अन्तर्गतका कर्मचारीको न सरुवा हुन्छ न कसैले कारबाही गर्नसक्ने अवस्था नै हुन्छ। त्यसैले पनि यस्ता संस्था धरासयी भएका छन्’, उनले थपे, ‘ विकास समिति नभए पनि यो संस्था चल्छ तर त्यसको लागि आवश्यक कर्मचारीहरु स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ।’

सबै औषधीको उत्पादन बन्द गरेर वैद्यखाना पछिल्लो समय एउटा च्यावनप्रसामा सीमित भयो। यसमा राज्यका सम्बन्धित निकायले कहिल्यै चासो दिएको देखिँदैन।

विगतको सिंहदरबार वैद्यखाना
एकताका १५० प्रकारका औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना अहिले शून्यमा झरेको छ। वैद्यखानाका उत्पादन खोज्ने धेरै पुराना ग्राहक खाली हात फर्कनुको विकल्प छैन। सबै औषधीको उत्पादन बन्द गरेर वैद्यखाना पछिल्लो समय एउटा च्यावनप्रसामा सीमित भयो। यसमा राज्यका सम्बन्धित निकायले कहिल्यै चासो दिएको देखिँदैन। उल्टै राजनीतिक नेतृत्वले कार्यकर्ता भर्ती केन्द्र बनाएर यसको शान, मान र प्रतिष्ठान नै खाइसकेका छन्।

 

सम्झिएर औषधी खोज्न सिंहदरबार वैद्यखाना पुग्ने सबै ग्राहक निराश हुन्छन्। गुणस्तरीय आयुर्वेदिक औषधीको केन्द्र वैद्यखानको बिक्री केन्द्र अहिले सुनसान र खण्डहर बनेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : १८ बजे

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको