झापाका हात्तीपीडित आर्थिक सहयोगको प्रतीक्षामा | Khabarhub Khabarhub

झापाका हात्तीपीडित आर्थिक सहयोगको प्रतीक्षामा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका पाँच सय ३३ परिवारले राहत नपाएका हुन् । पाँचजना मृतक परिवारसहित पाँच सय ३३ घरपरिवारका लागि एक रोड २६ लाख ४९ हजार तीन सय ९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन् ।

कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ परिवारका लागि राहत रकम माग गरेको उनको भनाइ छ । हालसम्म राहत रकम प्राप्त भएको छैन । ‘राहत रकमका विषयमा फोन आइरहन्छ’, उनले भने, ‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।’

गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि ६८ लाख २० हजार चार सय ५२ माग गरिएको थियो ।

राहत माग गरिएकामा पाँचजना मृतकको ५० लाख, सातजना घाइतेका लागि आठ लाख ५१ हजार आठ सय ९२, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ८९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ४४ बजे

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी