झापाका हात्तीपीडित आर्थिक सहयोगको प्रतीक्षामा « Khabarhub

झापाका हात्तीपीडित आर्थिक सहयोगको प्रतीक्षामा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका पाँच सय ३३ परिवारले राहत नपाएका हुन् । पाँचजना मृतक परिवारसहित पाँच सय ३३ घरपरिवारका लागि एक रोड २६ लाख ४९ हजार तीन सय ९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन् ।

कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ परिवारका लागि राहत रकम माग गरेको उनको भनाइ छ । हालसम्म राहत रकम प्राप्त भएको छैन । ‘राहत रकमका विषयमा फोन आइरहन्छ’, उनले भने, ‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।’

गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि ६८ लाख २० हजार चार सय ५२ माग गरिएको थियो ।

राहत माग गरिएकामा पाँचजना मृतकको ५० लाख, सातजना घाइतेका लागि आठ लाख ५१ हजार आठ सय ९२, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ८९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ४४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या