उपनिर्वाचनका उम्मेदवार २० गते टुंग्याउँछौँ : कांग्रेस | Khabarhub Khabarhub

उपनिर्वाचनका उम्मेदवार २० गते टुंग्याउँछौँ : कांग्रेस


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले यही चैत २० गते उपनिर्वाचनका उम्मेदवारको टुङ्ग्याउने भएको छ ।

प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेशसभा तर्फ बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि २० गते उम्मेदवार टुंगो लगाउने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस कोशी प्रदेशले ७ जना आकांक्षीको नाम केन्द्रमा पठाएको प्रदेश सभापति उद्धव थापाको भनाइ छ । ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको थापाले खबरहबलाई बताए ।

जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ रहेका छन् ।

कांग्रेस प्रवक्ता डा. महतका अनुसार २० गते संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर एक–एक जनाको नाम टुंगो लाग्नेछ । महतले खबरहबलाई भने, ‘२० गते फाइनल हुन्छ । छलफल चलिरहेको छ । सबै एक सय एक उम्मेदवार हुनुहुन्छ ।’

यता, पार्टी सभापति शेरबहादुर देउवा भने डम्बर खड्कालाई अगाडि सार्ने योजनामा छन् । यस्तै भेषराज आचार्य र केशव थापाको पनि सम्भावना उत्तिकै छ । ०७९ सालको आम निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग खड्का झिनो मतले पराजित भएका थिए । उनले कम्पार्ट पाएको भन्दै उनैलाई उम्मेदवार बनाउने योजनामा कांग्रेस छ ।

यता, नेकपा माओवादी केन्द्रले पनि  ४ जनाको नाम केन्द्रमा पठाएको छ । माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको छ ।

नेकपा एमालेले भने स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाइसकेको छ ।

पहिचान पक्षबाट डकेन्द्रसिं थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । पहिचानकै नारा लिएर पत्रकार मिलन लिम्बूले उम्मेदवारी दिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार बनाउने चर्चा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १४ गतेसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार खडा गर्ने बताइरहेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो पनि…
रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ११ : ४६ बजे

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका