उपनिर्वाचनका उम्मेदवार २० गते टुंग्याउँछौँ : कांग्रेस « Khabarhub

उपनिर्वाचनका उम्मेदवार २० गते टुंग्याउँछौँ : कांग्रेस


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले यही चैत २० गते उपनिर्वाचनका उम्मेदवारको टुङ्ग्याउने भएको छ ।

प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेशसभा तर्फ बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि २० गते उम्मेदवार टुंगो लगाउने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस कोशी प्रदेशले ७ जना आकांक्षीको नाम केन्द्रमा पठाएको प्रदेश सभापति उद्धव थापाको भनाइ छ । ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको थापाले खबरहबलाई बताए ।

जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ रहेका छन् ।

कांग्रेस प्रवक्ता डा. महतका अनुसार २० गते संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर एक–एक जनाको नाम टुंगो लाग्नेछ । महतले खबरहबलाई भने, ‘२० गते फाइनल हुन्छ । छलफल चलिरहेको छ । सबै एक सय एक उम्मेदवार हुनुहुन्छ ।’

यता, पार्टी सभापति शेरबहादुर देउवा भने डम्बर खड्कालाई अगाडि सार्ने योजनामा छन् । यस्तै भेषराज आचार्य र केशव थापाको पनि सम्भावना उत्तिकै छ । ०७९ सालको आम निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग खड्का झिनो मतले पराजित भएका थिए । उनले कम्पार्ट पाएको भन्दै उनैलाई उम्मेदवार बनाउने योजनामा कांग्रेस छ ।

यता, नेकपा माओवादी केन्द्रले पनि  ४ जनाको नाम केन्द्रमा पठाएको छ । माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको छ ।

नेकपा एमालेले भने स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाइसकेको छ ।

पहिचान पक्षबाट डकेन्द्रसिं थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । पहिचानकै नारा लिएर पत्रकार मिलन लिम्बूले उम्मेदवारी दिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार बनाउने चर्चा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १४ गतेसम्ममा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार खडा गर्ने बताइरहेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो पनि…
रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ११ : ४६ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ