एकीकृत समाजवादीद्वारा प्रगति विवरण पठाउन निर्देशन « Khabarhub

एकीकृत समाजवादीद्वारा प्रगति विवरण पठाउन निर्देशन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

काठमाडौँ जिल्ला कमिटीले यही चैत १७ गतेसम्म वडा कमिटीका सबै राजनीतिक गतिविधि सम्पन्न गर्ने भएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो ।

सबै कमिटीले सदस्यता वितरण, नवीकरण गर्ने, नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदन केन्द्रमा पठाएपछि महाधिवेशन प्रतिनिधि छनोटका कार्य गरिनेछ । आगामी वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने जनाइएको छ ।

महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल सम्पन्न गरेको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।

समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमा छलफल सकेपछि ती सबै प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको सो पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरिसकेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : १५ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा