परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक | Khabarhub Khabarhub

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ की ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छिन् ।

नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेका हुन् ।

महिलाले सीप सिक्ने इच्छा व्यक्त गरेपछि आफूले जानेको कुरालाई सिकाउने काम गरेको उनले बताइन् । ‘सिक्न मन लागेको भनेर मन गरेपछि मिम्चा, ढकिचा, पिचा, खैचा, कलालीलगायत सामग्री बुन्ने सीप सिकाइरहेको छु,’ उनले भने, ‘सिक्ने भनेर इच्छा व्यक्त गर्नेहरूलाई जानेको सीप दिएको हुँ ।’

सुरुमा सिकाउँदा अप्ठ्यारो मानेर सिकेकाहरुको बिस्तारै अलिअलि हात बस्दै गएको उनले बताए । त्यसरी सीप सिक्न चाहनेका लागि उनीसँगै ८६ वर्षीया आशामाया देउला र ८५ वर्षीया दिलमाया देउलाले सिकाइरहेका छन् ।

पनौती–७ का ललिता नापितले आमाहरुपछि परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले चोया काट्ने र बुन्ने सीप सिक्न थालेको बताइन् । ‘पहिला त निकै गाह्रो महसुस भएको थियो, सिक्दै जाँदा सहज हुने रहेछ’, बुनेको मिमिचा देखाउँदै उनले भनिन्, ‘यो हाम्रो नेवार समुदायका बालबालिकाको बेलविवाह गर्ने, व्रतबन्ध गर्ने र पूजा गर्ने बेलामा सामग्री राख्नका लागि नभई हुँदैन, यसको आवश्यकता पूरा गर्न अब आफैँ बुन्नसक्ने भएकी छु ।’

सँगै सीप सिकिरहेकी रिता प्रधानले बुन्न आए पनि थालनी गर्ने र चोया काट्न अझै अभ्यास कम भएको सुनाएन् । नयाँ पुस्तालाई खासै चासो नभएको अवस्थामा यहाँका महिला भने चोयाबाट बन्ने विभिन्न सामग्री बुन्ने सीप सिकिरहेका छन् ।

परम्परागत सीप हस्तान्तरणका लागि पनौती पर्यटन विकास केन्द्रले तालिमको आयोजना गरेपछि यहाँका महिलाले सो अवसर पाएका हुन् । एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सीप सिक्न पाउनु र अर्कोतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीको भनाइ छ ।

सीप सिकाइसँगै त्यसले परम्परा धान्ने, सीप हस्तान्तरण हुने र आम्दानीसमेत गर्न सकिने भएकाले पनि तालिमको आयोजना गरेको उनको भनाइ छ । तालिमबाट सिकेको सीप मार्फत उत्पादन हुने सामग्री पर्यटन विकास केन्द्रले खरिद गर्ने र त्यहीबाट बिक्री गर्ने योजनामा विकास केन्द्र रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : २५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले