परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक « Khabarhub

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ की ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छिन् ।

नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेका हुन् ।

महिलाले सीप सिक्ने इच्छा व्यक्त गरेपछि आफूले जानेको कुरालाई सिकाउने काम गरेको उनले बताइन् । ‘सिक्न मन लागेको भनेर मन गरेपछि मिम्चा, ढकिचा, पिचा, खैचा, कलालीलगायत सामग्री बुन्ने सीप सिकाइरहेको छु,’ उनले भने, ‘सिक्ने भनेर इच्छा व्यक्त गर्नेहरूलाई जानेको सीप दिएको हुँ ।’

सुरुमा सिकाउँदा अप्ठ्यारो मानेर सिकेकाहरुको बिस्तारै अलिअलि हात बस्दै गएको उनले बताए । त्यसरी सीप सिक्न चाहनेका लागि उनीसँगै ८६ वर्षीया आशामाया देउला र ८५ वर्षीया दिलमाया देउलाले सिकाइरहेका छन् ।

पनौती–७ का ललिता नापितले आमाहरुपछि परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले चोया काट्ने र बुन्ने सीप सिक्न थालेको बताइन् । ‘पहिला त निकै गाह्रो महसुस भएको थियो, सिक्दै जाँदा सहज हुने रहेछ’, बुनेको मिमिचा देखाउँदै उनले भनिन्, ‘यो हाम्रो नेवार समुदायका बालबालिकाको बेलविवाह गर्ने, व्रतबन्ध गर्ने र पूजा गर्ने बेलामा सामग्री राख्नका लागि नभई हुँदैन, यसको आवश्यकता पूरा गर्न अब आफैँ बुन्नसक्ने भएकी छु ।’

सँगै सीप सिकिरहेकी रिता प्रधानले बुन्न आए पनि थालनी गर्ने र चोया काट्न अझै अभ्यास कम भएको सुनाएन् । नयाँ पुस्तालाई खासै चासो नभएको अवस्थामा यहाँका महिला भने चोयाबाट बन्ने विभिन्न सामग्री बुन्ने सीप सिकिरहेका छन् ।

परम्परागत सीप हस्तान्तरणका लागि पनौती पर्यटन विकास केन्द्रले तालिमको आयोजना गरेपछि यहाँका महिलाले सो अवसर पाएका हुन् । एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सीप सिक्न पाउनु र अर्कोतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीको भनाइ छ ।

सीप सिकाइसँगै त्यसले परम्परा धान्ने, सीप हस्तान्तरण हुने र आम्दानीसमेत गर्न सकिने भएकाले पनि तालिमको आयोजना गरेको उनको भनाइ छ । तालिमबाट सिकेको सीप मार्फत उत्पादन हुने सामग्री पर्यटन विकास केन्द्रले खरिद गर्ने र त्यहीबाट बिक्री गर्ने योजनामा विकास केन्द्र रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : २५ बजे

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौं–  नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै