कर्णालीमा एसइई दिने विद्यार्थी घटे « Khabarhub

कर्णालीमा एसइई दिने विद्यार्थी घटे


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । 

यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार नौ सय ७० जना विद्यार्थीले एसइई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष तीन हजार एक ६२ जनाले घटेको हो । 

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार छ सय २३ छात्र र १८ हजार एक सय ५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभरि एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन्भने तीन हजार पाँच सय ९३ परीक्षार्थी छन् । 

चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ । सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।   

जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार छ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसइई दिँदैछन् ।

हुम्लामा छवटा परीक्षा केन्द्र छन् । परीक्षार्थी एक हजार एक सय ९५ छन् । मुगुमा आठवटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन् । यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी छन् ।

जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ०४ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति