जघन्य अपराधको सिकार बन्दै महिला « Khabarhub

जघन्य अपराधको सिकार बन्दै महिला


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हत्या जस्तो जघन्य अपराधमा धेरैजसो महिला प्रभावित भएका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाहरूको संरक्षण गर्ने संयन्त्रहरू प्रभावकारी नभएको कारण महिलाहरू प्रभावित भएको आरोप लगाएको छ । 

सञ्जालकी अध्यक्ष श्याकुमारी साहले घटनाका प्रभावितहरूलाई प्रहरीले जबरजस्ती मिलापत्र गराउने गरेको बताइन् । 

उनी भन्छिन्, ‘हिंसा गरिरहेको श्रीमान् र परिवारलाई जिम्मा लगाएका कारण पीडकलाई प्रोत्साहन मिलेको छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन महिनापछि करिब आठ महिनाको अवधिमा १० हजार ९८६ महिलाविरुद्धका आपराधिक घटना भएका छन् । 

त्यस्तै, काठमाडौंमा १३ वटा , ललितपुरमा ४ वटा र भक्तपुरमा ३ वटा हत्याका घटना भएका छन् । त्यसमध्ये पनि महिलाविरुद्धको अपराध सबैभन्दा बढी मधेश प्रदेशमा भएको छ । 

मानव अधिकारविरुद्धका अपराध र हिंसाहरूमा महिलाहरूलाई नै लक्षित गरिने पितृसत्तात्मक सोच र व्यवहारले निम्त्याएको घटनाप्रति राष्ट्रिय सञ्जालले ध्यानाकर्षण गरेको छ । 

नेपालको संविधान २०७२ को धारा १८ समानताको हकको उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तथापि महिलाहरूले विभेद खेपेर बस्नुपरेको अध्यक्ष साह बताउँछिन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३७ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार