जघन्य अपराधको सिकार बन्दै महिला « Khabarhub

जघन्य अपराधको सिकार बन्दै महिला


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हत्या जस्तो जघन्य अपराधमा धेरैजसो महिला प्रभावित भएका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाहरूको संरक्षण गर्ने संयन्त्रहरू प्रभावकारी नभएको कारण महिलाहरू प्रभावित भएको आरोप लगाएको छ । 

सञ्जालकी अध्यक्ष श्याकुमारी साहले घटनाका प्रभावितहरूलाई प्रहरीले जबरजस्ती मिलापत्र गराउने गरेको बताइन् । 

उनी भन्छिन्, ‘हिंसा गरिरहेको श्रीमान् र परिवारलाई जिम्मा लगाएका कारण पीडकलाई प्रोत्साहन मिलेको छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन महिनापछि करिब आठ महिनाको अवधिमा १० हजार ९८६ महिलाविरुद्धका आपराधिक घटना भएका छन् । 

त्यस्तै, काठमाडौंमा १३ वटा , ललितपुरमा ४ वटा र भक्तपुरमा ३ वटा हत्याका घटना भएका छन् । त्यसमध्ये पनि महिलाविरुद्धको अपराध सबैभन्दा बढी मधेश प्रदेशमा भएको छ । 

मानव अधिकारविरुद्धका अपराध र हिंसाहरूमा महिलाहरूलाई नै लक्षित गरिने पितृसत्तात्मक सोच र व्यवहारले निम्त्याएको घटनाप्रति राष्ट्रिय सञ्जालले ध्यानाकर्षण गरेको छ । 

नेपालको संविधान २०७२ को धारा १८ समानताको हकको उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तथापि महिलाहरूले विभेद खेपेर बस्नुपरेको अध्यक्ष साह बताउँछिन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर