बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा | Khabarhub Khabarhub

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

पेशावर एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् । 

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानलाई हालैका वर्षहरूमा अर्बौं डलर लगानीको फाइदा भएको छ तर आफ्नो भूमिमा चिनियाँ श्रमिकहरूको सुरक्षाको प्रत्याभूति दिन पाकिस्तानले सङ्घर्ष गर्नुपरिरहेको छ । 

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको दासुमा एउटा जलविद्युत् बाँध निर्माण स्थलमा काम गरिरहेका चिनियाँ कामदारहरू इस्लामाबाद जाँदै गर्दा भएको आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ इन्जिनियर र एक पाकिस्तानी चालकको मृत्यु भएको थियो । 

प्रान्तीय गृह मन्त्रालयका एक शीर्ष अधिकारीले बुधबार खैबर पख्तुनख्वामा चिनियाँ इन्जिनियहरूको आतिथ्यता गर्ने दुई दर्जनभन्दा बढी साइटहरूमा सुरक्षा बढाइएको बताए। 

सूचनामन्त्री अताउल्लाह तरारले इस्लामाबादमा पत्रकार सम्मेलनमा भने, “कुनै पनि अन्तरालको पहिचान गर्न र त्यसलाई हटाउन ध्यान केन्द्रीत गर्दै सुरक्षा प्रक्रियाको समीक्षा गरिने छ ।”

यसैबीच हमलाका बारेमा थप विवरण आएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । 

स्थानीय प्रहरी अधिकारी बख्त जहिरले बेशम सहर नजिकै मारिएका पाँच इन्जिनियरमा चार पुरुष र एक महिला रहेको जानकारी दिए । उनले हमलाकारीले १२ जनाको सुरक्षासहितको सवारीहरूमा बीचको सवारीलाई निशाना बनाएको बताए। 

पाकिस्तानको घरेलु शाखा तालिबान यस क्षेत्रमा सबैभन्दा सक्रिय आतंकवादी खतरा हो तर समूहका प्रवक्ताले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा पछिल्लो घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् । 

चीनले आफ्नो ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । यसमा बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ ।

सन् २०१५ देखि पाकिस्तानका दुर्गम क्षेत्रहरूमा संयुक्त पाकिस्तानी–चिनियाँ टिमहरूले विद्युत् संयन्त्र, बन्दरगाह र यातायात परियोजनाहरूको निर्माण गरिरहेका छन् ।

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् । 

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतंकवादीलाई मारेको केही दिनपछि मङ्गलबारको हमला भएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ४७ बजे

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात  

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका भित्रका स्थानीय कृषक तरकारी तथा आलुखेतीमा

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले

पाटन दरबार स्क्वायर जाने बाटो जलमग्न (तस्बिरहरू)

काठमाडौं– पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले