बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा « Khabarhub

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

पेशावर– एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् । 

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानलाई हालैका वर्षहरूमा अर्बौं डलर लगानीको फाइदा भएको छ तर आफ्नो भूमिमा चिनियाँ श्रमिकहरूको सुरक्षाको प्रत्याभूति दिन पाकिस्तानले सङ्घर्ष गर्नुपरिरहेको छ । 

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको दासुमा एउटा जलविद्युत् बाँध निर्माण स्थलमा काम गरिरहेका चिनियाँ कामदारहरू इस्लामाबाद जाँदै गर्दा भएको आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ इन्जिनियर र एक पाकिस्तानी चालकको मृत्यु भएको थियो । 

प्रान्तीय गृह मन्त्रालयका एक शीर्ष अधिकारीले बुधबार खैबर पख्तुनख्वामा चिनियाँ इन्जिनियहरूको आतिथ्यता गर्ने दुई दर्जनभन्दा बढी साइटहरूमा सुरक्षा बढाइएको बताए। 

सूचनामन्त्री अताउल्लाह तरारले इस्लामाबादमा पत्रकार सम्मेलनमा भने, “कुनै पनि अन्तरालको पहिचान गर्न र त्यसलाई हटाउन ध्यान केन्द्रीत गर्दै सुरक्षा प्रक्रियाको समीक्षा गरिने छ ।”

यसैबीच हमलाका बारेमा थप विवरण आएका छन् । उक्त हमलाको अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । 

स्थानीय प्रहरी अधिकारी बख्त जहिरले बेशम सहर नजिकै मारिएका पाँच इन्जिनियरमा चार पुरुष र एक महिला रहेको जानकारी दिए । उनले हमलाकारीले १२ जनाको सुरक्षासहितको सवारीहरूमा बीचको सवारीलाई निशाना बनाएको बताए। 

पाकिस्तानको घरेलु शाखा तालिबान यस क्षेत्रमा सबैभन्दा सक्रिय आतंकवादी खतरा हो तर समूहका प्रवक्ताले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा पछिल्लो घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् । 

चीनले आफ्नो ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । यसमा बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ ।

सन् २०१५ देखि पाकिस्तानका दुर्गम क्षेत्रहरूमा संयुक्त पाकिस्तानी–चिनियाँ टिमहरूले विद्युत् संयन्त्र, बन्दरगाह र यातायात परियोजनाहरूको निर्माण गरिरहेका छन् ।

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् । 

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतंकवादीलाई मारेको केही दिनपछि मङ्गलबारको हमला भएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्