नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै | Khabarhub Khabarhub

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य ‘गोलकोत’ कोतघरलाई नेपाली सेनाले जिर्णोद्धार तथा मर्मत सम्भार गर्ने भएको छ । जिर्णोद्धारको काम वैशाख अन्तिम साता देखि सुरु हुनेछ ।

कोतघरमा रहेका पुराना हात हतियारको संरक्षणसँगै कोतघरको सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न कोतघर जिर्णोद्धार गर्न लागिएको गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए ।

नेपाली सेना तथा स्थानीय जनश्रमदान गरी करिब १५ लाख रुपैयाँको लागतमा कोतघरको जिर्णोद्वार गरिने छ ।

पुरानो कोत घर जीर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले जिर्णोद्धार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक इस्टमेट अनुसार जिर्णोद्धार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।

कोतघरमा जिर्णोद्धार तथा मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरिने श्री मेहर गण बागलुङका क्याप्टेन दुर्गा बहादुर थापाले बताए ।

कोतघरमा हतियारका साथै बाईसे–चौबिसे राज्य हुँदाको बखत पुर्खाले लड्दाका बेला प्रयोग भएका सामग्री राखिने छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ५७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई