नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै | Khabarhub Khabarhub

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य ‘गोलकोत’ कोतघरलाई नेपाली सेनाले जिर्णोद्धार तथा मर्मत सम्भार गर्ने भएको छ । जिर्णोद्धारको काम वैशाख अन्तिम साता देखि सुरु हुनेछ ।

कोतघरमा रहेका पुराना हात हतियारको संरक्षणसँगै कोतघरको सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न कोतघर जिर्णोद्धार गर्न लागिएको गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए ।

नेपाली सेना तथा स्थानीय जनश्रमदान गरी करिब १५ लाख रुपैयाँको लागतमा कोतघरको जिर्णोद्वार गरिने छ ।

पुरानो कोत घर जीर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले जिर्णोद्धार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक इस्टमेट अनुसार जिर्णोद्धार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।

कोतघरमा जिर्णोद्धार तथा मर्मत सम्भार गर्नका लागि आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरिने श्री मेहर गण बागलुङका क्याप्टेन दुर्गा बहादुर थापाले बताए ।

कोतघरमा हतियारका साथै बाईसे–चौबिसे राज्य हुँदाको बखत पुर्खाले लड्दाका बेला प्रयोग भएका सामग्री राखिने छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ५७ बजे

एक सातामा १६ जनामा कोरोना संक्रमण पुष्टि, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

कञ्चनपुर–  सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातामा भारतबाट फर्किएका १६

विश्वकप छनोट: अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिए

काठमाडौं – दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत बुधबार भएको

दश महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरूले एक खर्ब

भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण

खोटाङ– हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र

विश्वकप छनोटमा उरुग्वे र बोलिभिया विजयी

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रहरूको विश्वकप छनोट खेलमा उरुग्वे र