इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने « Khabarhub

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

इलाममा विभिन्न १२ दल तथा सात स्वतन्त्र गरी १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।

बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार दुई सय सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । यस्तै, ६ सय ५१ कर्मचारी परिचालन गरिएको जनाइएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : १७ बजे

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले