कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित) | Khabarhub Khabarhub

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडकखण्डको काम सुरु भएको ६ वर्ष पुगेको छ।

बुटवल–नारायणगढको सडक सहरी भेगमा ६ लेन र जङ्गली क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो।

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पुग्न सकेको छैन।

पानी पर्यो हिलो, घाम लाग्यो धुलो अहिले सर्वसाधारणले भोग्नु परेको समस्या हो। काम सुरु भएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको बताइएको थियो। त्यस लगतै कोभिड महामारीले सडकको कामलाई असर गर्यो। अहिले पूर्व र पश्चिम खण्डका केही ठाँउमा कालोपत्रे सुरु भएको छ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : २९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड