कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित) « Khabarhub

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडकखण्डको काम सुरु भएको ६ वर्ष पुगेको छ।

बुटवल–नारायणगढको सडक सहरी भेगमा ६ लेन र जङ्गली क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो।

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पुग्न सकेको छैन।

पानी पर्यो हिलो, घाम लाग्यो धुलो अहिले सर्वसाधारणले भोग्नु परेको समस्या हो। काम सुरु भएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको बताइएको थियो। त्यस लगतै कोभिड महामारीले सडकको कामलाई असर गर्यो। अहिले पूर्व र पश्चिम खण्डका केही ठाँउमा कालोपत्रे सुरु भएको छ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : २९ बजे

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका