इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान « Khabarhub

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डम्बर खड्काले मतदान गरेका छन् ।

खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका हुन् । यसै मतदान केन्द्रबाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पनि मतदान गरेका थिए ।

इलाम–२ मा एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि रिक्त पदमा आज मतदान भइरहेको हो ।

कांग्रेसका उम्मेदवार खड्का २०७९ सालमा भएको आम निर्वाचनमा नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

सो निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले खड्कालाई समर्थन गरेका थिए ।

यो पनि…

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : १६ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको