बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै | Khabarhub Khabarhub

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

हटिया बजार–ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम सुरु भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए ।

उनले चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको जानकारी दिए ।

ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

इन्जिनियर पुनका अनुसार हालसम्म ७० प्रतिशत काम पूरा भएको छ । यस्तै, ७ किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : ५३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई