इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो « Khabarhub

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा विवाद भएको छ । दलीय र स्वतन्त्र उम्मेदवारका मतदान बुथ प्रतिनिधिबीच मतदानलाई लिएर विवाद भएको हो ।

दलका कार्यकर्ताले चिट दिएर मतदातालाई मतदान केन्द्रभित्र लगेको भन्दै स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई नै गुनासो गरेपछि मतदातालाई चिट दिन रोकिएको थियो ।

तर, ‘माथिको आदेश’ भन्दै बुथ सुरक्षामा खटिएका प्रहरीकै अघि मतदातालाई फेरि चिट दिएर भोट हाल्न लगाएपछि सामान्य विवाद भएको हो । स्वतन्त्रकी बुथ प्रतिनिधि सरस्वता सिङ्गकले प्रहरीले आफूहरूलाई मुढामा समेत बस्न नदिएको बताइन्‌ ।

आफूहरूलाई बस्ने ठाउँ समेत नदिएर दलीय उम्मेदवारका प्रतिनिधिले मतदानमा धाँधली गर्न खोजेको भन्दै स्वतन्त्रका प्रतिनिधिहरू आक्रोशित छन्‌ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ११ : ४९ बजे

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा