इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन | Khabarhub Khabarhub

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

आयोग भन्छ - ‘अटेरी हुनसक्छ’


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । उनले निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेको फोटो सार्वजनिक भएको हो ।

लगतै केन्द्रीय निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा खबर गरेको थियो । त्यसपछि लिम्बूले मतदान गरेको स्थान माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा सोधपुछ भएको थियो ।

त्यसपछि लिम्बूलाई तत्काल स्पष्टीकरण सोधेर उनले लगाएको ब्याच फुकाल्न लगाइएको बताइएको छ । तर लिम्बूले मतदान गरेको करिब एक घण्टापछि मात्र उक्त कार्य गरिएको हो ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

यसबारे जिज्ञासा राख्दा निर्वाचन आयोगका अयुक्त दिनेश थपलियाले खबरहबलाई भने, ‘जानकारी आएको छ । जिल्ला निर्वाचन कार्यालयलाई यसबारे अवगत गराइसकेको छौँ ।’

मतदान गर्न जाँदा चिह्न अंकित कुनै पनि सामग्री प्रयोग गर्न नपाउने स्पष्ट कानून हुँदाहुँदै पनि जानी या नजानी यस्तो हुनु आश्चर्यजनक भएको उनले प्रतिक्रिया दिए ।

उनले भने, ‘उम्मेदवार आफैँ शिक्षित हुनुपर्ने हो । मतदान स्थलमा पुगेपछि कसैले जानकारी पनि नगराउनु चाहिँ रहस्यमय छ । यसबारे हामीले अवगत गराएका छौँ । कसै न कसैलाई त थाहा हुनुपर्ने हो । अटेरी गरेको पनि हुनसक्छ । कानूनअनुसार कारबाही हुन्छ ।’

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

इलाम–२ उपनिर्वाचन स् मिलन र डकेन्द्रले खसाले मत

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : १९ बजे

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट