लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध | Khabarhub Khabarhub

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन संशोधनप्रति विरोध जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै अध्यादेशप्रति ‘घोर निन्दा र भर्त्सना’ गरेका हुन्‌ ।

सरकारले भोलि र पर्सी (वैशाख १६ र १७ गते) गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गरेको थियो । सरकारको सोही कदमलाई लिएर कांग्रेस सचेतक लेखकले विज्ञप्तिमार्फत विरोध जनाएका हुन्‌ ।

‘संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्‍यो,’ लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारी ठगीमा मुछिएको आरोप खेपिरहेका उपप्रधान/गृहमन्त्री एवम्‌ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेलाई कारबाही माग गर्दा सरकार संसद्‌बाट भागी गैरजिम्मेवार कार्य गरेको आफूहरूको ठहर रहेको तथा अध्यादेश ल्याएर सरकारले कुनै पनि कानून सार्वभौम जनताको प्रतिनिधिले संसदले निर्माण गर्ने संसदीय व्यवस्थाको आधारभूत मान्यता विपरीत काम गरेको लेखकको दाबी छ ।

लेखकद्वारा जारी विज्ञप्ति :

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ४६ बजे

सरकार रूपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति

कोशीमा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्ने यी हुन् ५२ सांसद

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले

प्रधानमन्त्री प्रचण्डलाई २६ बुँदे खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, देश विघटनको बाटोमा उन्मुख छ । नागरिकलाई राज्यको

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन, सर्वोच्चका आजका सबै इजलास स्थगित

काठमाडौं– सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । 

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

काठमाडौं–  ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा