पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा | Khabarhub Khabarhub

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।

दक्षिणी क्यालिफोर्नियामा नासाको ‘जेट प्रोपल्सन प्रयोगशाला’ का अन्वेषकहरूले नयाँ विधि प्रयोग गरे । प्रयोगले ‘स्ट्रिम–गेज’ मापनलाई विश्वभरका करिब ३० लाख नदी खण्डहरूको कम्प्युटर मोडेलहरूसँग जोडेको छ ।  स्ट्रिम गेज स्ट्रिममा पानीको स्तरको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।

नेचर जियोसाइन्समा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कूल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ ।

अन्वेषकहरूले अमेजन बेसिनमा विश्वको नदीको पानीको लगभग ३८ प्रतिशत रहेको अनुमान गरेका छन् । यो कुनै पनि जलविज्ञान क्षेत्रको मूल्याङ्कन गरिएको सबैभन्दा धेरै हो ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी (एसडब्ल्युओटी) उपग्रहको डाटाबाट गर्न सकिने नासाले शुक्रबार बताएको छ ।

सतही जल र महासागर टोपोग्राफी नासा, फ्रान्सेली अन्तरिक्ष एजेन्सी, क्यानाडाली स्पेस एजेन्सी र युनाइटेड किङ्गडम स्पेस एजेन्सी बीचको संयुक्त सहयोग हो । यी सर्वेक्षणद्वारा सङ्कलन गरिएका तथ्याङ्कहरूले विश्वभरको ताजा पानी व्यवस्थापनमा सहयोग गर्दै समुद्री परिसंचरण मोडेलहरू र मौसम पूर्वानुमानहरू सुधार गर्न सक्छन् ।

सन् २०२२ डिसेम्बरमा सुरु गरिएको अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफीले विश्वभर पानीको उचाइको म्यापिङ गर्ने र नदीको उचाइमा हुने परिवर्तनले भण्डारण र डिस्चार्जको मात्रा निर्धारण गर्ने तरिकाको प्रस्ताव गर्दछ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : २७ बजे

अछामको बलखेतमा मलामी विश्राम घर

अछाम – अछामको कमलबजार नगरपालिका–४ मा पर्ने बेलखेतमा मलामीका लागि

संविधानमा रहेका कमजोरीको समीक्षा हुनुपर्छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पश्चिमबाट आउने कुनै पनि धम्की स्विकार्य छैन : पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमबाट आउने कुनै पनि

आजका समाचार : काेशिकाे मुख्यमन्त्रीमा हिक्मत कार्कीदेखि खबरहबमा आर्थिक बहससम्म

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र

रातो मच्छिन्द्रनाथलाई गराइयो रथारोहण (तस्बिरहरू)

ललितपुर- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार साँझ रथारोहण