मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु « Khabarhub

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए ।

संदिग्ध चरमपन्थीहरूले पहाडको चुचुरोबाट नारायणसेना गाउँमा अन्धाधुन्ध गोली चलाएको बताएको छ । आक्रमणको क्रममा, सीआरपीएफको १२८औं बटालियनको पोस्टमा बम विस्फोट भएको र दुई सैनिकको मृत्यु भयो र दुई जना घाइते भएका छन् ।

प्रहरीले मारिएका सीआरपीएफ जवानहरूको पहिचान सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरुप सैनीको रूपमा गरेको छ ।

यसअघि २४ अप्रिलमा राष्ट्रिय राजमार्ग-२ (इम्फालदेखि दिमापुर) मा एउटा बम विस्फोट भएको थियो जसमा एउटा पुलमा क्षति पुगेको थियो । 

मणिपुरमा गत वर्ष मे महिनामा सुरु भएको मेइती र कुकी जनजातिबीचको जातीय हिंसामा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी घरबारविहीन भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ३५ बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा