बझाङमा ४० प्रतिशत मतदान   | Khabarhub Khabarhub

बझाङमा ४० प्रतिशत मतदान  


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।  

प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ८४ मतदाता छन् । यहाँ ३१ हजार ५ सय उनन्चास पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् । ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामको भनाइ छ ।

बझाङको साइपल गाँउपालिकाका तीन वटा मतदानस्थल विकट ठाउँमा भएकाले त्यहाँको मत कम खस्ने आंकलन गरिएको छ । 

०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ४१ बजे

५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ५१९ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवा भएका छन्। 

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज एक खेल

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी

कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। बुधबार