‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री | Khabarhub Khabarhub

‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्‌ ।

आइतबारदेखि काठमाडौंमा सुरु हुन लागेको तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा क्षेत्रीले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौं, त्यो कुरा अक्षरशः कार्यान्वयन गर्छौं । अहिले नै हामीले उनीहरुसँग गरेका प्रतिज्ञाअनुसार सुविधा दिने वातावरण छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ ।’

लगानीकर्ताको चित्त बुझ्यो भने मात्र लगानी गर्न तयार हुने उल्लेख गर्दै योजनाविद् क्षेत्रीले लगानीका लागि विश्वासको वातावरण ‘ग्यारेन्टी’ गर्न सुझाव दिए । ‘लगानीकर्ता आफ्नो लगानीबाट मिल्ने लाभ हेरेरै जोखिम लिन तयार हुन्छन,’ उनले भने, ‘स्वभाविक रूपमा फजुलमा खर्च गर्न मात्र लगानीकर्ता आउँछन् भन्ने अपेक्षा राख्नु हुँदैन ।’

लगानीकर्तासँँग प्रचुर मात्रामा पैसा भए पनि त्यसको विवेकशील ढङ्गबाट लगानी गर्न मात्र उनीहरू आउँछन् भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ छ । क्षेत्रीले भने, ‘देशभित्र पूँजीको अभाव भएको अनुभव गरिरहेका छौँ, तर विडम्बना हामीसँग भएको सीमित पूँजी पनि सरकारले बजेटमार्फत विनियोजन गरेको, तर खर्च हुन नसकेको अवस्था छ ।’

यो परिस्थितिमा वैदेशिक लगानीका लागि गरिरहेको आह्वान पैसाका लागि मात्र नभई प्रविधि र व्यवस्थापन पनि भित्र्याउने गरी गरिएको हो भनी विश्वस्त पार्नसक्नुपर्नेमा उनले जोड दिए ।

‘हामीले ‘सार्वभौम साख’ मूल्याङ्कन गर्न सकिरहेका छैनौँ । मुलुकको कर्जा योग्य हुने अवस्था के हो भन्ने कुराको अहिलेसम्म लेखाजोखा छैन, त्यो अहिलेको आवश्यकता हो,’ उनले भने, ‘उसो त लगानीकर्ताले विकासशील देशहरुमा यस्ता कुरा सामान्य हो भन्ने बुझेका हुन्छन्‌, तर पनि वस्तुगत परिस्थितिलाई आँकलन गरेर उनीहरूले लगानी गर्ने कि नगर्ने भन्ने कुरा त्यही थलोमा गएर निर्णय गर्ने हिसाबले आएका हुन्छन् ।’

लगानी सम्मेलनका लागि यस पटक राम्रै प्रयास भएको उल्लेख गर्दै पूर्वउपाध्यक्ष क्षेत्रीले स्वदेश तथा विदेशमा सम्मेलनको तयारी गर्न सरकारका विभिन्न निकायले दौडधुप गरेर प्रयास भएको देखिएको बताए । ‘१४८ परियोजना हामीसँग छन् भन्नुको अर्थ पनि तयारी राम्रै हो,’ उनले भने ।

उद्योगी र व्यवसायीको सम्पर्क व्यक्तिसँग सम्पर्कमा रहिरनुपर्ने उल्लेख गर्दै उनले अहिले लगानीकर्तालाई आतिथ्यताको उत्कृष्ट व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिए । लगानीकर्तासँग प्रस्ताव राख्ने र सम्झौता गर्ने तौरतरिकाका लागि पनि उपयुक्त जनशक्तिको सहयोग अपरिहार्य हुने उनको धारणा छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : ५५ बजे

सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृद्धिको पहिलो आधार

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रश्न : ‘युवा विदेशिने प्रवृत्ति पाँच वर्षपछि के हुन्छ ?’

काठमाडौं – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले युवा र विद्यार्थीहरू अध्ययन तथा

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

मार्सेली– स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको

कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन्