हावाहुरीका कारण ४० परिवारका घरमा क्षति « Khabarhub

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए। 

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए। बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए। 

घर निर्माण भएको एक महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक  विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ५८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि