मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण « Khabarhub

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । 

प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौँ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलागी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरू अवस्थाबारे जानकारी लिएका छन् । 

पीडित परिवारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्दै उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तात्कालीन राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए । 

बैशाख १२ गते मटिहानी नपा वडा नं. ६ मा भएको भीषण आगलागी बाट एक सय ३ घर जलेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ०५ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि