चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि « Khabarhub

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ ।

भोजपुर फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो ।

हाफ टाईमको पहिलो खेलमा चर्च व्वाईजका जर्सी नं १२ का अरमन्दले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै आर्मीको तर्फबाट जर्सी नंं ५९ का अनिल बम्जनले ५० औँ मिनेटमा जवाफी गोल फर्काएर खेललाई बरावरी बनाएका थिए ।

खेल बरावरी भएसंगै खेल निकै आक्रमक बनेको थियो । खेल निकै आक्रमक बने खेलको निर्धारित समय सम्म पनि एक एक गोल वोहेक कुनै गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।

यस्तै ¬व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच र वेष्ट किप्पर चर्च व्याइचका दिप कार्की, वेष्ट कोज रमेश दंगाल, सर्वोकृष्ट खेलाडी सुदिप गुरुङ घोषित भए । प्रतियोगिताको विजेता चर्च ब्वाइजले ट्रफी सहित नगद रु ५ लाख प्राप्त गरेका छन् भने उप–विजेता त्रिभुवन आर्मीले ट्रफी सहित नगद रु ३ लाख पाएका छन् ।

बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : १२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु