वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो | Khabarhub Khabarhub

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।

सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताए । अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औँल्याएको पनि उनले बताए ।

“वायु प्रदूषणका कारण विद्यालय बन्दहुँदा र बाहिर हिँड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जिवीकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरेको पायौँ । साथै प्रदूषणले बालबालिका, महिला तथा न्यूनप्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ”,उनले भने।

विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानीकारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका, तथा न्यूनप्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यानदिन जरूरी रहेको उनको भनाइ थियो ।

प्रतिवेदनले बालबालिकाका समग्रहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता औंल्याएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरुको सम्बोधन गर्नुपर्नेमा जोडदिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ५४ बजे

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार

तेल अभिव – गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै

नायक अनमोल केसीको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो

काठमाडौं – अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये

आजका समाचार : संसद्‌ बैठक स्थगितदेखि कोशीमा सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित नेपाली

बैतडीको पाटनमा भारतको सहयोगमा बन्न लागेको विद्यालय भवन शिलान्यास

बैतडी- बैतडीको पाटन नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवनको

डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने

काठमाडौं- भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा.