बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने | Khabarhub Khabarhub

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । भौगोलिक कारण यहाँ कम मत खसेको हुन सक्ने निर्वाचन आयोगको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएको हो । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बझाङका तीन मतदान स्थलको मतपेटीका बाहेक अन्य मतपेटीका आज रातिसम्ममा आइपुग्नेछ ।

साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज ल्याउन नसकिएको उनले बताए। मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।

यता इलाममा भने आज राती नै मतपेटिका संकलन भइसक्ने आयोगले जनाएको छ । इलाममा आज रातीदेखि नै मतगणना गर्ने तयारी भइरहेको छ ।

शनिबार सम्पन्न मतदानमा इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ प्रदेश १ मा ५० प्रतिशत मतदान भएको छ ।यस उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं१ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : ४२ बजे

कर्णालीका ५७४ टुक्रे योजना अलपत्र

सुर्खेत– चालू आर्थिक वर्षमा बजेट थपेर कार्यान्वन गर्ने भनिएको ५७४

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अजीजको इजलासमा

काठमाडौं- गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ

सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

गलकोट– कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने

आजदेखि कैलालीका सीमानाका बन्द

अत्तरिया– भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी