इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने | Khabarhub Khabarhub

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबार मात्रै हुने भएको छ ।

माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिकाको मतपेटिका आउन ढिला हुने भएपछि आइतबार मात्रै मतगणना हुने भएको हो।चुलाचुली गाउँपालिका–६ साक्फारास्थित तोरीबारी क्षेत्रको मतपेटिका मोरङको मधुमल्ला हुँदै ल्याउनुपरेकाले समय लाग्ने भएको हो।

त्यस्तै फाकफोक गाउँपालिकास्थित फाक्तिब क्षेत्रको मतपेटिका पाँचथरको रवि बजार हुँदै इलाम सदरमुकाम ल्याउनुपर्छ। त्यहीकारण मतगणना भोलि मात्रै हुने भएको हो।

मतगणनाका लागि आइतबार बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ। त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

इलाम–२ मा शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियाे । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।

याे पनि…

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ४२ बजे

त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा

सुदूरपश्चिम – त्रिदेशीय रणनीतिक सडकका रुपमा रहेको धनगढीदेखि बझाङको उत्तरी

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

सुस्ता पश्चिम – पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

जेलबाट रिहा भए केजरीवाल 

नयाँ दिल्ली – सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका

दीर्घकालीन निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको

गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले