गुजरातको गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु « Khabarhub

गुजरातको गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

गुजरात – भारतको गुजरात राज्यको एउटा गेम जोनमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको छ। शनिवार आगलागी हुँदा बालबालिकासहित २७ जनाको मृत्यु भएको हो।

स्थानीय प्रहरीले पीडित नराम्रोसँग जलेको हुँदा उनीहरूको पहिचान स्थापित गर्न गाह्रो भइरहेको बताएका छन्। आगो नियन्त्रणमा लिए पनि आगो लाग्नुको कारण अझैसम्म खुल्न सकेको छैन।

राजकोटको मावारोडमा अवस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउन कैयौँ दमकल प्रयोग गरिएका थिए।

प्रत्यक्षदर्शीले उक्त आगो ज्यादै भीषण भएको र धुवाँ पाँच किलोमिटर परको दुरीबाट देखिएको बताएका छन्।

उक्त मलको गेम जोनमा वाइल्डिङको काम चलिरहेको र स्थानीयले सर्ट सर्किट भएको सूचना दिएको विवरण सार्वजनिक भएका छन्।

राजकोटका पुलिस कमिश्नर राजु भार्गवले गेम जोनका मालिकविरुद्ध हत्या र लापरबाहीको अभियोग लगाउने र त्यसपछि थप जाँच गर्ने बताएका छन्। घटनालाई लिएर चारजना पक्राउ परेको बिबिसीले खबरमा उल्लेख गरेको छ।

आगलागी लगत्तै दुर्घटनाको जाँच गर्न पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन भएको छ। जाँच टोलीलाई ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउन भनिएको छ। टोलीले विस्तृत प्रतिवेदन १० दिनपछि बुझाउने छ। आगलागीमा परेर भर्खरै जन्मिएको शिशुदेखि युवा पुस्ताका धेरै व्यक्तिको मृत्यु भएको बताइए पनि पूर्ण विवरण आइसकेकोछ छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगजनीले आफूलाई ज्यादै दुखी तुल्याएको भन्दै आफ्ना प्रियजन गुमाउनेलाई आफूले सम्झिएको बताएका छन्।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : २६ बजे

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य