आईपिएल २०२४ : सुनिललाई प्लेयर अफ द सिरिजको उपाधि, कसले के पाए ? | Khabarhub Khabarhub

आईपिएल २०२४ : सुनिललाई प्लेयर अफ द सिरिजको उपाधि, कसले के पाए ?


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार राति फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि ८ विकेटको जितसहित उपाधि उचालेपछि २०२४ को इन्डियन प्रिमियर लिग (आईपिएल)को रौनकता सकिएको छ। १७ औं संस्करणको आईपिएलमा आइपुग्दा टी-२० क्रिकेटमा केही महत्त्वपूर्ण रेकर्ड बनेका छन्।

यो सिजनको आईपिएलमा समूह चरणका खेल जति रोचक भए क्वालिफायर खेल त्यत्ति रोचक बन्न सकेनन्। समूह चरणमा आक्रामक देखिएका केही टिम क्वालिफायरमा कमजोर देखिए। कोलकाताले भने आक्रामक ब्याटिङ र बलिङलाई निरन्तरता दिँदै उपाधि उचाल्यो।

कोलकाताका लागि यो आईपिएलको तेस्रो उपाधि हो। यसअघि कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गरेको थियो भने सन् २०१२ मा चेन्नई सुपर किंग्समाथि ५ विकेटको जित निकालेको थियो।

यो सिजनको प्लेयर अफ द फाइनल अवार्ड कोलकाताका मिचेल स्टार्कले पाएका छन्। उनले फाइनलमा तीन ओभर बलिङ गर्दा मात्र १४ रन दिएर महत्त्वपूर्ण दुई विकेट हात पारे।

फाइनल नखेलेका र समूह चरणबाटै बाहिरिएका टिमका केही खेलाडीले महत्त्वपूर्ण उपाधि पाएको यो सिजनको आईपिएलमा कसले के अवार्ड पाए ? अवार्ड र यो सिजनको आईपिएमा क्रिकेट शक्ति भारतसहित टेस्ट राष्ट्रका लागि उदियमान केही खेलाडी देखिएका छन्।

यो सिजनमा विजेता कोलकाता बन्दा उपविजेता सनराइजर्स हैदरावाद बनेको छ। समूह चरणका अन्तिम ६ खेलमा लगातार जित निकाल्दै इलिमिनेटरमा राजस्थान रोयल्ससँगको भेट पक्का गरेको रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)का विराट कोहलीले सर्वाधिक रनको उपाधि पाएका छन् भने पञ्जाब किंग्सका हर्षल पटेलले सर्वाधिक विकेटको क्याप जितेका छन्।

उपाधि विजेता कोलकाताका सुनिल नारायनले प्लेयर अफ द सिरिज पाएका छन्। कुल ४८८ रन बनाएका उनले १५ खेलमा १७ विकेट हात पारेका थिए।

यता हैदरावादका ट्रेभिस हेडले सर्वाधिक चौकाको उपाधि पाएका छन्। उनले १५ खेलमा ६४ चौका प्रहार गरेका हुन्। हैदरावादकै अभिषेक शर्माले ४२ छक्काको उपाधि जितेका छन्।

यो पटक इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि हैदरावादकै नितिश रेड्डीले पाउँदा उत्कृष्ट स्ट्राइक रेट जेक फ्रेजर–म्याकगुर्कले पाए। दिल्ली क्यापिटल्सका म्याकगुर्क २३४.०४ रेट बनाए। ९ खेलमा उनले चार अर्धशतक बनाउँदा ३२ चौका र २८ छक्का प्रहार गरेका थिए।

 

क्याच अफ द सिजन रमनदीप सिंह बने भने फेयर प्ले, पिच र ग्राउन्ड अवार्डसमेत हैदरावादले पाएको छ।

यो पनि पढ्नुहोस्

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ८ : ०१ बजे

मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलमा रहेको नेपाली दूतावासले के भन्यो ?

काठमाडौं- मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका

वीरगञ्जमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

वीरगञ्ज– वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

इटहरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको

इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु

काठमाडौं– इजरायली सेनाले इरानले प्रहार गरेका चालकरहित हवाइ उपकरण ड्रोन

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

धनगढी– कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।