भारतको लोकसभा चुनाव : अन्तिम चरणमा आक्रामक प्रचार | Khabarhub Khabarhub

भारतको लोकसभा चुनाव : अन्तिम चरणमा आक्रामक प्रचार


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

भारतमा ६ चरणको निर्वाचन सम्पन्न भएको छ। १ जुनमा लोक सभाका बाँकी ५७ सिटमा मतदान हुँदैछ। सातौँ तथा अन्तिम चरणमा उत्तर प्रदेशको वाराणशीमासमेत मतदान हुनेछ। वाराणशी त्यो निर्वाचन क्षेत्र हो, जसले दुई पटक भारतको नेतृत्व गर्ने अवसर पाएको थियो। वाराणसीमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट अहिले पनि प्रधानमन्त्री नरेन्द्र मोदी नै उम्मेदवार छन्।

१ जुनमा हुने निर्वाचनपछि नै मतगणना सुरु हुनेछ। अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढका एक स्थानमा मतदान हुनेछ। सातौँ चरणमा ९०४ उम्मेदवार मैदानमा रहने छन्।

निर्वाचनमा भाजपा नेतृत्व एनडिए गठबन्धनको लक्ष्य चार सय सिट हो। यसका लागि सुरुवातदेखि नै बलियो सरकारको मुख्य मुद्दा थियो। १० वर्षमा भारत संसारमा मुख्य शक्ति बन्ने दाबी एनडिएको छ। साथमा मोदी जति शक्तिशाली भयो, त्यत्ति नै भारत संसारको महाशक्तिको रूपमा उदाउनसक्ने सम्भावना रहेको दाबी भाजपा नेताले बारम्बार गर्दै आएका छन्।

सरकारका वरिष्ठ मन्त्रीको दाबी जम्मु काश्मिरको विवाददेखि अतिवादी वामपन्थी माथिको नियन्त्रणसम्मका लागि मोदी नेतृत्व अपरिहार्य छ। एनडिएको त्यो चाहना अनुसारको परिणाम आउने या नआउने कुरा जुन १ पछि थाहा हुनेछ। बारम्बारको सर्वेक्षणले फेरि पनि मोदी नेतृत्वको एनडिए सरकार बन्ने सम्भावना देखाएका छन्।

सीमा क्षेत्र र पहाडी क्षेत्रमा मोदी सरकारको समयमा धेरै विकास भएको सत्तारुढ दलले दाबी गरिरहेका छन्। १० वर्षको समयमा ती धेरै क्षेत्र सडक नेटवर्कले एक आपसमा जोडिएका थिए।

तीन दिन अघि मात्र सिम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मोदी र उनका उम्मेदवार सुरेश कइशामले गएको १० वर्षमा देशको सैन्य व्यवस्था एकदमै मजबुत रहेको जिकिर गरे। साथै उनले सेनाको जीवनमा सरकार धेरै सचेत रहँदै एक तह एक पेन्सनको व्यवस्था गर्ने जनाए।

उनले काँग्रेसले विपन्न वर्गलाई दिएको आरक्षणको नियमलाई फेरबदल गर्दै सम्प्रदायको आधारमा आरक्षण दिन चाहेको बताए। उनले सिमउर जिल्लाको ग्रिपर क्षेत्रमा रहेका हाटी समूहलाई आदिवासीको पहिचान दिएको बताए।

१० वर्षको आफ्नो शासनकालमा हिमाञ्चल प्रदेशले धेरै कुरा पाएका कारण यो विषय उठाउन जरुरी भएको उनको भनाइ छ। उनले त्यहाँ निःशुल्क बिजुली उत्पादन गर्ने र कसैले पनि बिजुलीको महसुल तिर्न नपर्ने समेत बताए।

यसअघि २५ मेमा भएको छैटौँ चरणको निर्वाचनबाट ५८ सांसद चुनिने छन्। छैटौँ चरणमा हरियाणाका १०, झारखण्डका ४, उडिसाका ७ तथा उत्तर प्रदेशका १४ स्थानमा मतदान भएको थियो। सोही दिन बिहार र पश्चिम बङ्गालका ८/८ स्थानमा मतदान सम्पन्न भयो। दिल्लीका सात तथा जम्मु एन्ड काश्मिरमा मतदानको तालिका थियो।

छैटौँ चरणमा भएका केही निर्वाचन क्षेत्रमा मतदान महत्त्वपूर्ण रहे। प्रवर्तन निर्देशनालयबाट कर छलीको आरोप लागेका अरविन्द केजरीवालले मतदान गर्ने क्षेत्र दिल्लीमा छैटौँ चरणमा मतदान भएको हो।

दिल्लीमा पछिल्ला दुई संस्करणमा पुरै सिटमा भाजपाले जीत हात पारेको थियो। भाजपाले पूर्व विदेश मन्त्री सुषमा स्वराजको छोरी बन्सुरी स्वराजलाई उम्मेदवार बनाएको छ।

काँग्रेस छाडेर भाजपामा प्रवेश गरेका नवीन जिन्दल कुरू क्षेत्रमा उम्मेदवार भएका थिए। पछिल्ला दुई निर्वाचनमा उनी त्यस क्षेत्रमा पराजित भएका थिए।

२० मेमा भएको पाँचौँ चरणको निर्वाचनमा ४९ स्थानमा मतदान भएको थियो। सो ४९ संसदीय सिटका लागि मतदान भएको थियो। पाँचौँ चरणको मतदान केही कारणले महत्त्वपूर्ण पनि थियो। राहुल गान्धी उत्तर प्रदेशको राय बरालीबाट उम्मेदवार भएका थिए। यसैगरी रक्षा मन्त्री रजनाथ सिंह लगातार तेस्रो पटक लखनउबाट जित हात पार्ने अपेक्षामा छन्।

पाँचौँ चरणमा झारखण्डका ३, उडिसामा ५, उत्तर प्रदेशका १४, बिहारका ५ तथा महाराष्ट्रका १३ स्थानका मतदान भए। पश्चिम बङ्गालका सात स्थानका लागि मतदान भएको सोही दिन लद्दाखमा पनि मतदान भएको थियो। जम्मु कश्मिरको एक स्थानमा मतदान भएको हो।

मे १३ मा चौथो चरणमा ९६ स्थानमा मतदान भएको थियो। त्यसै चरणमा कुनै समयमा चर्चित अभिनेता शत्रुघ्न सिन्हा तथा माधवी लाथा उम्मेदवार भएका थिए।

चौथो चरणमा आन्ध्र प्रदेशका १४ स्थानमा मतदान भए। तेलंगनाका १७ तथा झारखण्डका ४ स्थानमा मतदान भएका थिए। उडिसाका ४ स्थानमा पनि सोही दिन मतदान भएको हो। उत्तर प्रदेशका १३ तथा मध्य प्रदेशका ८ सिटका लागि सोही दिन निर्वाचन भएको हो।

बिहारका ५, महाराष्ट्रका ११, पश्चिम बङ्गालका ८ तथा जम्मु एन्ड काश्मीरका एक सिटका लागि चौथो चरणमा मतदान भएको हो। ७ मेका दिन भएको तेस्रो चरणको मतदान महत्त्वपूर्ण भएको थियो। सोही दिन ११ राज्यका ९३ संसदीय सिटका लागि मतदान भएको थियो। तेस्रो चरणमा गान्धी नगरका प्रधानमन्त्री मोदीका दायाँ हात गृह मन्त्री अमित शाह उम्मेदवार थिए।

तेस्रो चरणमा कर्नाटकका १४, गुजरातका २५, उत्तर प्रदेशक १०, मध्य प्रदेशका ९, आसामका ४ तथा गोवाका दुई स्थानमा मतदान भएका थिए। छत्तिस गढका ७, बिहारका ५, महाराष्ट्रका ११, पश्चिम बङ्गालका ४ स्थानमा सोही दिन उम्मेदवार भए। डान्ड्रा एन्ड नगर हवेली तथा डामन एन्ड डिउमा पनि सोही दिन मतदान भएको हो।

अप्रिल २६ का दिन १३ राज्यका ८८ निर्वाचन क्षेत्रका लागि मतदान भएको हो। दोस्रो चरणमा केरेलाका २० तथा राजस्थानका १३ सिटका लागि मतदान भएको थियो। कर्नाटकका १४ तथा उत्तर प्रदेशका ८ स्थानका लागि मतदान भएको थियो। मध्य प्रदेश ६, आसाम ५, छत्तीसगढ ३, बिहार ५, महाराष्ट्र ८, पश्चिम बङ्गाल ३, त्रिपुरा, जम्मु काश्मीर र मणिपुरको १–१ स्थानमा मतदान भएको थियो।

केरेलाको बयानन्दमा राहुल गान्धीले अनन्या राजाको सामना गरेका छन्। मथुरामा फिल्मी स्टार हेमा मालिनी उम्मेदवार रहेकी थिइन्। १९ अप्रिलका दिन २१ राज्यका १०२ क्षेत्रमा मतदान भएको थियो। तामिलनाडुका ३९, राजस्थानका १२, उत्तर प्रदेशका ८, मध्य प्रदेशका ६, महाराष्ट्रका ५, उत्तराखण्डका छ, आसामका ४, बिहारका ४ तथा पश्चिम बङ्गालका ३ स्थानमा मतदान भयो। अरुणाञ्चल प्रदेशका दुवै स्थान तथा मणिपुरको २, मेघालयको २, छत्तीस गढको १ र मिजोरमको पनि १ स्थानमा मतदान भएको थियो।

नागाल्यान्ड, सिक्किम, त्रिपुर, जम्मु काश्मिर, आन्दमान एन्ड निको बार टापु, लक्ष द्वीप र पुदीचरीमा पनि पहिलो चरणमा मतदान भएको हो। कुल ५४३ सिटका लागि ४४ दिनको बिचमा ५५ लाख भोटिङ मेसिनका माध्यमले मतदान भएको हो। ९६९ मिलियन मतदाताले नाम लेखाएका थिए।
स्रोतः न्यूज अन एयर, इकोनोमिक टाइम्स, अल जजीरा

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : ३२ बजे

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी

हत्या आरोपमा तीन पक्राउ

बैतडी – पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको

लहानमा डकैतीको अफवाह नफैलाउन प्रहरीको आग्रह

सिरहा – सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह