विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी (भिडियोसहित) « Khabarhub

विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी (भिडियोसहित)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले अदालतमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् ।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय’ शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गरेका हुन् ।

यही जेठ ८ गते नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयतर्फ इंगित गर्दै मह जोडीले उक्त अभिव्यक्ती दिनु त्रुटी भएको उल्लेख गरेका हुन् ।

उनीहरुले कार्यक्रमको दौडधुपका क्रममा एक्कासि सोधिएका प्रश्नमा विषयलाई राम्रोसँग बुझ्न नपाई अभिव्यक्ति दिँदा गल्ती हुन गएकाले यसप्रति माफी दिन आग्रह गरेका छन् ।

श्रेष्ठले भने– ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ, एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ आचार्यले भने, अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हामीबाट त्रुटि भयो ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउपछि कान्तिपुर टेलिभिजनले सोधेको जिज्ञासामा मह जोडीले सिरोहियालाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका थिए ।

कलाकारद्वयको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ११ : १० बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७