विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी (भिडियोसहित) « Khabarhub

विचाराधीन मुद्दामा बोलेर गल्ती भयो, माफी चाहन्छौँ : मह जोडी (भिडियोसहित)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले अदालतमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् ।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय’ शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उनीहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गरेका हुन् ।

यही जेठ ८ गते नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयतर्फ इंगित गर्दै मह जोडीले उक्त अभिव्यक्ती दिनु त्रुटी भएको उल्लेख गरेका हुन् ।

उनीहरुले कार्यक्रमको दौडधुपका क्रममा एक्कासि सोधिएका प्रश्नमा विषयलाई राम्रोसँग बुझ्न नपाई अभिव्यक्ति दिँदा गल्ती हुन गएकाले यसप्रति माफी दिन आग्रह गरेका छन् ।

श्रेष्ठले भने– ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ, एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ आचार्यले भने, अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हामीबाट त्रुटि भयो ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउपछि कान्तिपुर टेलिभिजनले सोधेको जिज्ञासामा मह जोडीले सिरोहियालाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका थिए ।

कलाकारद्वयको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ११ : १० बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम