उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा, सुनुवाइ सम्भावना न्यून « Khabarhub

उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा, सुनुवाइ सम्भावना न्यून


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए ।

त्यसपछि सोमबार सुनुवाइका लागि प्रधानन्यायाधीशसहितको इजलासमा उक्त रिटको पेशी तोकिएको हो । तर , यादवले दायर गरेका रिटको सुनुवाइ सोमबार हुने सम्भावना कम छ । यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको छ ।

यस्तोमा यी दुवै रिटको सोमबार सुनुवाइको सम्भावना न्यून छ । यदि प्राथमिकताक्रममा अघिल्ला दर्जनबढी रिटको सुनुवाइ रोकिए मात्रै यादवको रिटको पालो आउन सक्छ ।

यादवले सर्वोच्चमा दुईवटा रिट हालेका थिए । उनल पहिलो रिट दल विभाजन गर्ने अशोक राईको निर्णयलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध हालेका थिए ।

त्यस्तै दोस्रो रिटमा अशोक राई नेतृत्वको दलका ७ सांसदलाई विश्वासको मत दिनबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट जेठ ७ गते नै विश्वासको मत लिइसकेका छन्।

यसअघि यादवले राई नेतृत्वको दल दर्ता अवैधानिक भएको बताउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले दल दर्ता प्रक्रिया जहाँ पुगेको छ, त्यही अवस्थामा राख्न आदेश दिइसकेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : १५ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्