मन्त्री भण्डारीद्वारा उद्योग परिसर अनुगमन « Khabarhub

मन्त्री भण्डारीद्वारा उद्योग परिसर अनुगमन


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए । 

सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिएका थिए । सेवाग्राहीले उक्त कार्यालयहरूबाट हुने सेवा प्रवाहका विषयमा उहाँ समक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए ।

 अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दीपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झालगायत कर्मचारीलाई मन्त्री भण्डारीले सेवाग्राहीलाई झन्झटरहित ढङ्गबाट छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिए।

सो क्रममा मन्त्री भण्डारीले उद्योग परिसरभित्रका भौतिक संरचनाको समेत अनुगमन गरेका छन् । जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने संरचना प्रयोगमा ल्याउन निर्देशन दिए। 

साथै उनले सार्क हस्तकला केन्द्र स्थापना गर्न भवन व्यवस्थापनका लागीसमेत अनुगमन गरे ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : ३६ बजे

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ