भारतमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित « Khabarhub

भारतमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । 

गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ । यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पूर्वानुमान विभागले गरेको छ । 

प्रतिकुल मौसमबाट बालबालिकालाई बचाउनका लागि दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा ८ सम्मका विद्यालयहरू बन्द गरिएको छ । 

उष्ण लहरसँगै गर्मीका कारण हुने विविध स्वास्थ्य समस्यापछि खासगरी सहरी क्षेत्रमा अधिकारीहरूले अतिआवश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन र छहारीमा बस्न नागरिकहरूलाई आग्रह गरेको छ । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ४ : २५ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज