गाजाको राफाह शिविरमा इजरायली आक्रमण, ४० जनाको मृत्यु « Khabarhub

गाजाको राफाह शिविरमा इजरायली आक्रमण, ४० जनाको मृत्यु


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको  छ ।

गाजाको नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले भने ‘दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाइ फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।’ 

‘हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,’ उनले भने ।

उनले उद्धारकार्यमा ठूलो चुनौती आएको बताए। 

अल–मुघैरले भने, ‘शिविरमा इन्धनको अभाव छ । शिविरमा जाने सडकहरू ध्वस्त भएका छन् । यसले यी लक्षित क्षेत्रहरूमा नागरिक सुरक्षा वाहनहरूको आवागमनमा बाधा पुर्‍याएको छ ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ०५ बजे

लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी 

काठमाडौं– लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपियाँ

एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरूको कति ?

काठमाडौं– पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य ओरालो लागेको छ ।

उखुको मूल्य निर्धारण, ३५ रुपैयाँ बढ्यो 

महोत्तरी– सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको