गाजाको राफाह शिविरमा इजरायली आक्रमण, ४० जनाको मृत्यु « Khabarhub

गाजाको राफाह शिविरमा इजरायली आक्रमण, ४० जनाको मृत्यु


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको  छ ।

गाजाको नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले भने ‘दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाइ फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।’ 

‘हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,’ उनले भने ।

उनले उद्धारकार्यमा ठूलो चुनौती आएको बताए। 

अल–मुघैरले भने, ‘शिविरमा इन्धनको अभाव छ । शिविरमा जाने सडकहरू ध्वस्त भएका छन् । यसले यी लक्षित क्षेत्रहरूमा नागरिक सुरक्षा वाहनहरूको आवागमनमा बाधा पुर्‍याएको छ ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ०५ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण