७३ वर्षकी ‘कालीआमा’को ‘स्टारडम’ र ‘पुकु’सँगको प्रेम (भिडियो अन्तर्वार्ता) | Khabarhub Khabarhub

७३ वर्षकी ‘कालीआमा’को ‘स्टारडम’ र ‘पुकु’सँगको प्रेम (भिडियो अन्तर्वार्ता)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय दर्शकले रुचाएको टेलिसिरियल हो– ‘हल्का रमाइलो’ । जुन सिरियलका हरेक भागले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाउँछ ।

यसमा वरिष्ठ कलाकार शारदा गिरी (कालीबुढी) र पुजन घिमिरे (पुकु) मुख्य भूमिकामा देखिन्छन् । ‘काली आमा’ सिरियलका निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) की आमा र ‘पुकु’ प्रेमिकाको भूमिकामा छन् ।

‘काली आमा’ ठूलो पर्दामा पनि रुचाइएकी कलाकार हुन् । बढ्दो बुढ्यौलीका कारण फुर्तिसाथ काम गर्न नसके पनि उनलाई दुईवटा सिरियलमा देख्न पाइन्छ । दर्शकको मायाले घरमा बस्न मन नमानेपछि उनी छायांकनमा निस्किन्छिन् ।

दर्शकले उनलाई धेरै माया गर्छन्, त्यहीकारण घरबाटै निस्कन मुस्किल पर्छ । भन्छिन्, ‘घरैबाट बाहिर निस्किन्नँ । कालीआमा भनेर माया गर्ने दर्शक तस्बिर खिच्न आउनुहुन्छ । दर्शकले घेरिरहँदा काम नै गर्न पाउँदिनँ ।’

उनले दर्शकको माया पाउनु अर्को कारण हो– फिल्मको कुनै न कुनै एउटा संवाद सामाजिक सञ्जालमा लोकप्रिय हुन्छ । भन्छिन्, ‘सामाजिक सञ्जालमा फिल्मका हिट डाइलग भन्नु न आमा भनेर दर्शकले धेरै कर गर्नु हुन्छ ।’

छायांकनका क्रममा काठमाडौंबाहिर जाँदा आफूलाई रुचाउने दर्शक झन् बढी भेटिँदा ७३ वर्षको उमेरमा पनि काम गर्न ऊर्जा मिल्छ । फिल्मका लागि काठमाडौंबाहिर जाँदा सुरक्षाकै आवश्यक पर्ने गरी फ्यानहरु झुम्मिएको अनुभव उनीसँग छ ।

‘फिल्म ऐचोपैँचो छायांकनका लागि मोरङको मधुमल्ला गएकी थिएँ । त्यहाँ त फोटो खिच्ने दर्शक धेरै भएर सुटिङ नै रोकिने डरले दुईजना सुरक्षा गार्ड भाइहरूले भीडबाट भगाउनुभयो’, उनले खबरहबसँग अनुभव सुनाइन् ।

उता, ‘पुकु’ म्युजिक भिडियोबाट टेलिसिरियलमा आएकी हुन् । पहिलो सिरियलबाटै लोकप्रिय भइन् । हामी उक्त टेलिसिरियलको छायांकनस्थल काभ्रेको काँक्राबारी पुग्दा ‘काली आमा’ र ‘पुकु’बीच निक्कै प्रेमिल माहोल पायौं ।

‘पुकु’ले कामप्रतिको लगाव सुनाउने क्रममा ‘काली आमा’ भावुक भइन् । रमाइलो कुराकानी गर्दै गर्दा निटकताको प्रश्नले ‘काली आमा’ र ‘पुकु’ दुवै भावुक देखिए । उनीहरुले हाम्रो क्यामेरा फेस गर्दा आँसु रोक्न सकेनन् ।

प्रस्तुत छ– रमाइलो कुराकानीसहित ‘कालीआमा’ र ‘पुकु’ भावुक बनेको अन्तर्वार्ता :

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ३१ बजे

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ