जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय  | Khabarhub Khabarhub

जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय 


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सकिएको छ । सो पार्टीले सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । 

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले पार्टीले अघि सारेको ४० बुँदे मागका बारेमा प्रधानमन्त्रीलाई पुन ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । 

 

बैठकले भ्रष्टाचार लगायतका जनजिविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय गरेको छ । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका कुराहरू बाहिर आइरहेको अवस्थामा नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन समेत माग गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

उनले विपक्षीको विरोधकाबीच जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने निर्णय भएको बताए ।  बैठकले प्रतिपक्षीको मागलाई बेवास्ता गर्दै जबरजस्त संसद् चलाउनु र धमाधम आफू खुसी निर्णयहरू गर्दै जानु संसदीय मूल्यमान्यता र परम्परा विपरीत रहेको ठहर गरेको उनको भनाइ छ । 

अध्यक्ष लिङ्देनले पार्टीका सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर सफाइ पेस गर्न पनि निर्देशन दिएको जानकारी दिए । 

बैठकले राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको थियो । 

बैठकले गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको त्यसको श्वेतपत्र जारी गर्न माग गरेको छ भने किसानलाई समयमा नै मल बिउ प्राप्त हुने व्यवस्था गर्न पनि माग गरेको छ  ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ५६ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ