रफाहमा इजराइली आक्रमणप्रति म्याक्रोन 'आक्रोशित' | Khabarhub Khabarhub

रफाहमा इजराइली आक्रमणप्रति म्याक्रोन ‘आक्रोशित’


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि पालले बनेको शिविरमा भएको इजराइली आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ‘तत्काल युद्धविराम’ को माग गरेका छन् । 

उक्त आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

‘यो कारबाही बन्द हुनुपर्छ, प्यालेस्टिनी नागरिकहरूका लागि रफाहमा कुनै सुरक्षित क्षेत्र छैन’, म्याक्रोनले अङ्ग्रेजीमा सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘म अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मान र तत्काल युद्धविरामको आह्वान गर्दछु ।’

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले रातभर भएको इजराइली आक्रमणमा मर्नेको सङ्ख्या बढेर ४५ पुगेको बताएको छ । आक्रमणमा शिविरमा आगो लागेपछि विस्थापित प्यालेस्टिनीहरू पालभित्रै जिउँदै जलेका थिए । मर्नेहरूमा धेरै महिला तथा बालबालिका रहेका छन् । 

इजराइली सेनाले आक्रमणमा मारिएका नागरिकहरूको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ । उक्त आक्रमणको सम्पूर्ण अरब जगत्मा निन्दा गरिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : ०३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित