सनसनीपूर्ण खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो मात्र ५७ रनको चुनौती « Khabarhub

सनसनीपूर्ण खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो मात्र ५७ रनको चुनौती

विश्वकपको पहिलो सेमिफाइनल


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले खराब ब्याटिङ गरेको छ। सनसनीपूर्ण प्रदर्शन गरेको दक्षिण अफ्रिकाले अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानलाई टिक्न दिएन। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोड्न सकेको हो।

दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका छन्। कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट हात पारे।

अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको थियो। रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको अफगानिस्तानले इब्राहिम जाद्रानलाई दुई रन बनाउँदा गुमाएको थियो। गुलबदिन नायबले ९ रन, अजमातुल्लाह उमरजाईले १० रन बनाए भने नङ्गेलिया खरोटेले दुई रन मात्र जोड्न सके।

अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन नै बनाए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भए भने नवीन उल हकले मात्र दुई रन बनाए।

समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलमा कमजोर सावित भएको हो। ५७ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ७ : २७ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति