रोमानिया युरोकपको अन्तिम १६ मा « Khabarhub

रोमानिया युरोकपको अन्तिम १६ मा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा रोमानिया अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको समूह ‘ई’ को खेलमा स्लोभाकियासँग १–१ गोलको बराबरी खेल्दै रोमानिया अन्तिम १६ मा पुगेको हो ।

रोमानियाका रजवान मारिन र स्लोभाकियाका ओन्द्रेज डुडाले एक–एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा स्लोभाकियाका डुडाले सुरुवाती गोल गरेका थिए । तर ३७औँ मिनेटमा मारिनले गोल गर्दै रोमानियालाई १–१ गोलको बराबरी ल्याए ।

त्यसपछि थप गोल नभएपछि दुवै टोली १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भए ।
तीन खेलबाट चार अंक जोडेको रोमानिया शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । चार अंक नै भएको स्लोभाकिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यस्तै, बेल्जियम र युक्रेन पनि समान ४ अंकसहित क्रमशः दोस्रो र चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ७ : ३९ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी