रोमानिया युरोकपको अन्तिम १६ मा « Khabarhub

रोमानिया युरोकपको अन्तिम १६ मा


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा रोमानिया अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको समूह ‘ई’ को खेलमा स्लोभाकियासँग १–१ गोलको बराबरी खेल्दै रोमानिया अन्तिम १६ मा पुगेको हो ।

रोमानियाका रजवान मारिन र स्लोभाकियाका ओन्द्रेज डुडाले एक–एक गोल गरेका थिए ।

खेलको २४औँ मिनेटमा स्लोभाकियाका डुडाले सुरुवाती गोल गरेका थिए । तर ३७औँ मिनेटमा मारिनले गोल गर्दै रोमानियालाई १–१ गोलको बराबरी ल्याए ।

त्यसपछि थप गोल नभएपछि दुवै टोली १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भए ।
तीन खेलबाट चार अंक जोडेको रोमानिया शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । चार अंक नै भएको स्लोभाकिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यस्तै, बेल्जियम र युक्रेन पनि समान ४ अंकसहित क्रमशः दोस्रो र चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ३९ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका