एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ) « Khabarhub

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ)


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२  (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड (एनजी) भएका छन्।

यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् ।

यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।

दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

यसरी हेर्न सकिन्छ नतिजा

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ९ : ३२ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?