सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए « Khabarhub

एसईई– २०८०

सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् ।

बोर्डका अनुसार यस वर्ष सबैभन्दा बढी विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् । यो ग्रेडभित्र ७८ हजार ८७४ विद्यार्थी छन् । यस्तै, सबैभन्दा कम ६ विद्यार्थीले १.६० देखि २.० जीपीए ल्याएका छन् ।

सबैभन्दा राम्रो ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८६ रहेको छ । ३.६० देखि ४.० जीपीए ल्याउने ३१ हजार २०९ जना छन् ।

यसैगरी, ३.२० देखि ३.६० जीपीए ल्याउने ६८ हजार २५६ जना, २.८० देखि ३.२० ल्याउने

जीपीए २.४० देखि २८० सम्म ल्याउने परीक्षार्थीको संख्या ४१ हजार १७७ छन् । २ हजार ९५० जनाले जीपीए २.० देखि २.४० ल्याएका छन् ।

यस वर्ष दुई लाख ४२ हजार ३१३ परीक्षार्थी नन ग्रेडमा परेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसमा दुई विषयसम्म नन ग्रेड हुनेको संख्या एक लाख १५ हजार ८३४ विद्यार्थी छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ ।

यो पनि…
एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ)

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १२ : २६ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी