पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार « Khabarhub

पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको यही असार २२ गते हुने निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।

त्यस्तै शनिबार राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी विरोध शनिबार राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ ।

उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १२ : ४० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा