मनसुन सुरु भएदेखि हालसम्म २८ जनाको मृत्यु | Khabarhub Khabarhub

मनसुन सुरु भएदेखि हालसम्म २८ जनाको मृत्यु


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन्।

 गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । 

 यस अवधिमा  कूल १४७  विपद्का घटना भएको र ती घटनाहरूमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।

पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटनाको अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए। 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १२ : ४२ बजे

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख 

पाटन– सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति

मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलमा रहेको नेपाली दूतावासले के भन्यो ?

काठमाडौं- मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका

वीरगञ्जमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

वीरगञ्ज– वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

इटहरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको

इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु

काठमाडौं– इजरायली सेनाले इरानले प्रहार गरेका चालकरहित हवाइ उपकरण ड्रोन