राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति « Khabarhub

राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति

नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको दाबी


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेसका सांसद एनपी साउदले विभिन्न ११ मुलुकबाट सरकारले राजदूतहरु फिर्ता बोलाउँदा नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएको छन् ।

प्रतिनिधिसभा बैठकको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपालले आफ्नो कूटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ,’ नेता साउदले भने, ‘प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिएर फिर्ता बोलाइयो ।

यसले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीच भएको राजदूत भागबण्डाले कूटनीतिक क्षेत्रमा तरंग पैदा गरेको उनको भनाइ थियो ।

पूर्व परराष्ट्रमन्त्री साउदले सरकारले छिमेकी राष्ट्रहरु भारत–चीन तथा विश्व शक्तिसँग अपरिपक्व कूटनैतिक व्यवहार गरिराखेको पनि बताए । उनले बीआरआईबारे प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरिरहेको भन्ने विषयमा प्रतिपक्षसँग संवाद र छलफल नै नभएको उल्लेख गरे ।

साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिँदै नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  २ : १७ बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली